तिहारको अघिल्लो दिन आफ्नै श्रीमानको ह त्या

श्रीमान्को ह त्या गरेको आरोपमा प्रहरीले बर्दियाको बाँसगढी नगपालिका–६ का ५० वर्षीया दिलमाया दरैलाई पक्राउ गरेको छ । दिलमायालाई श्रीमान् ५२ वर्षीय समला दरैको ह त्या गरेको आरोपमा पक्राउ गरिएको हो ।


ह त्यापछि फरार रहेकी दिलमायालाई बाँकेको खजुरा गाउँपालिका–७ गुनानाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो । उनलाई इलाका प्रहरी कार्यालय मोतीपुरमा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस : भारतमा नेपालीलाई कु’टपि’ट

सामान किनमेलका लागि भारतीय सीमावर्ती बजार गौरीफन्टा बनगाउँ पुगेकी नेपाली युवतीलाई त्यहाँका व्यापारीले आज दु व्र्यव हार गर्दै कु ट पिट गरेका छन् ।

गौरीफन्टा बनगाउँस्थित ‘नेशनल फैन्सी स्टोर’का सञ्चालकले देवी विष्टलाई कु टपि ट गरेका हुन् । “पसलमा विष्टले किनमेल गरिरहेकी थिइन्,” प्रत्यक्षदर्शी पुष्पराज पाण्डेले भन्नुभयो, “सामानको मूल्यबारे विवाद भएपछि पसलेले कु टपि ट गरेका हुन् ।” जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले विष्टलाई कु टपि ट गरिएको र पीडकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

सामान किनमेल गरी फर्किने नेपाली नागरिकलाई भारतीय बजार तथा सीमा नाकामा भारतीय सुरक्षाकर्मीले रकम असुल्ने तथा कु टपि ट र दु व्र्यव हार गर्दै आएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.