
काठमाडौं । १३ औं सागको समापन समारोहको खेलाडी मार्चपासमा नेपाली राष्ट्रिय झण्डा पौडी खेलाडी गौरिका सिंहले बोकेकी छिन् । उनले १३ औं सागमा कीर्तिमानी ४ स्वर्ण जितिन् । पौडीमा व्यक्तिगत स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी उनले एकै संस्करणमा ४ स्वर्ण जित्दै नयाँ कीर्तिमान बनाइन् भने सर्वाधिक ४ स्वर्ण जित्ने दिपक विष्टको कीर्तिमान पनि बराबरी गरिन् ।
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मंगलबारदेखि सकिएको छ। सहभागी देशका खेलाडीहरु आ–आफ्नो देशको झण्डा बोकेर मार्चपासमा सहभागि भएका थिए। मार्चपासमा नेपालकाे तर्फबाट नेपाली पौडीबाज गौरिका सिंहले नेपालको झण्डा बोकिन्। उद्घाटन समारोहमा ओलम्पियन कमल अधिकारीले नेपालको झण्डा बोकेका थिए।
एकै सागमा ४ स्वर्ण जित्ने गौरिका एकमात्र नेपाली खेलाडी हुन् । उनले ते’क्वान्दो खेलाडी दीपक विष्टले सागमा जितेको ४ स्वर्णको कीर्तिमानसमेत बराबरी गरेकी छन्। विष्टले लगातार ४ सागमा तेक्वान्दोमा स्वर्ण जितेर कीर्तिमान बनाएका थिए । नेपाली खेलाडीलाई हौस्याउन पौडीमा ४ स्वर्ण पदक जितेकी गौरिका सिंह पनि खेल मैदानमा पुगेकी थिइन् ।