जनकपुरधाम : होटल राजदरबारमा खानका लागि राखिएको पानीको जारमा किरा भेटिएको छ। विभा बिभरेज्स प्रालिद्वारा उत्पादित भोडा पानीको जारमा किरा भेटिएको हो। होटलमा मानव अधिकारसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमकै सहभागिका लागि राखिएको पानीको जारमा किरा भेटिएको हो। पानी खानका लागि ग्लासमा निकाल्दा किरा भेटिएको कार्यक्रमका सहभागी कुलदीप साहले जानकारी दिए।
उनले होटल संचालकलाई भने पछि बाहिरबाट ल्याउँछु भनेर पन्छिन खाजेको समेत बताए। किरा भेटिएको पानीको जारमा ३ महिना सम्म प्रयोग गर्न सकिने उल्लेख छ । तर, बनेको मिति भने उल्लेख गरिएको छैन। अचम्म त के भने उक्त जारमा ‘प्रत्येक बुँदमा शुद्धता’ लेखिएको छ। मानव अधिकारसम्बन्धी कार्यक्रममै खानका लागि राखिएको पानीमा किरा भेट्नु गम्भीर विषय भएको एक सहभागीले बताए।
विभा बिभरेज्स प्रालिका प्रोपराइटर रानो कर्णले पानीको जार अन्य कम्पनीले पनि लगेर पानी प्याक गरी बेच्ने गरेको भन्दै पन्छिन खाजेका छन् । उनले भने, ‘भोडा जार मेरो हो। तर, किरा भेटेको पानी अन्य कम्पनीले पनि प्याक गरी बेचेको हुन सक्छ ।’ एउटा कम्पनीको जारमा अन्य कम्पनीले पानी बेच्ने गलत हो भन्दै उनले प्रशासनलाई दोषी देखाए। उनले प्रशासनले अनुगमन नगर्दा पानी कम्पनीहरूले लापरबाही गर्ने बताए। तर, उनले आफू स्वयं पनि अन्य कम्पनीको जारमा पानी प्याक गरेर बिक्री गर्ने गरेको स्वीकारे। थाहा खबरबाट
buying tadalafil online safely – buy tadalafil tadalafil vs sildenafil
does propecia work – what does finasteride do what’s propecia
cheap finasteride – monthly cost of propecia propecia hairline
tadalafil dosage – tadalafil 20 mg tablet tadalafil online canadian pharmacy
Eotyxw – how much is ivermectin Qzszab immrkq
Ufhotf – cialis belgique prix Aytokw hrmbiq