फुटबलको फा इनल हेर्न दशरथ रंगशाला बा हिर देखिएको फुटबल क्रेज (भिडीयो सहित)

काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र भुटानको प्रतिस्पर्धा चलिरहँदा दशरथ रंगशाला बाहिर भने फुटबलप्रेमीहरु भीड लागेको देखिन्थ्यो । फुटबलप्रेमी दर्शकहरुको भीडले ट्राफिक व्यवस्थापन समेत प्रभावित भएको थियो । दर्शकहरुले सडक बीचमै पलेटी कसेर वर्ल्ड ट्रेड सेन्टरमा राखिएको ठूलो स्क्रिनमा फुटबल हेरेका थिए ।

नेपाल र भुटान बीचको फाइनल खेलमा नेपाल विजयी भएको छ । ३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको फाइनलमा नेपालले भुटानलाई २ – १ गोल अन्तरले पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलका लागि ८ हजार दर्शक पुगेका थिए। अन्य ४ हजार भिआइपी र खेलाडीले पनि खेल हेरेका थिए। तर खेल हेर्न टिकट नपाएका समर्थकले त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरको स्क्रिनमा खेल हेरेका छन्।

खेल हेर्न समर्थकको भीड उर्लिएको थियो । समर्थकले फुटबल हेर्न सडक नै क’ब्जा गरेका थिए । सडकमै दर्शक बसे पछि सडक समेत अव’रूद्ध भएको थियो । नेपालको जितमा अभिषेक रिजाल र सुनिल बलले गोल गरेका थिए भने भुटानका लागि भने चेन्चो ग्यालसेनले गोल गरेका थिए । भिडियोमा हेर्नुहोस फाइनल हेर्न दशरथ रंगशाला बाहिर देखिएको फुटबल क्रेज..

भिडीयो

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.