प्रकृतिलाई आफ्नो खुट्टाको भन्दा पनि पढाइको चि’न्ता, भन्छिन- ‘ममी ! म अब स्कुल जान सक्छु ?’

काठमाडौं: आइतबार प्रकृति चन्द सदाझैं किताब कापी बोकेर स्कुल निस्किइन। अलि ढिला भएकाले कोहलपुरमा बुबाममीले सञ्चालन गरेको खाजाघरमा खान आएका एक विद्यार्थीकै स्कुटरमा प्रकृति स्कुल लागिन् । स्कुल गेट अगाडि प्रकृति ओर्लिइन् । स्कुलको नजिकै पर्छ हाइवे । बतासिएर आएको ना२ख ९४५९ नम्बरको ट्रकले प्रकृतिलाई ठ’क्कर दियो ।

प्रकृति अ’चेत भइन् । ट्रकले ब्याक गरेर कि’च्न खोज्दै थियो । एकाएक को’लाहल मच्चियो । दु’र्घटना स्थलबाट नजिकै पर्छ प्रकृतिको बुबा आमाको खाजाघर । बुबा नगेन्द्र दु’र्घटना स्थलमा पुगे । उनी आत्तिए । चि’च्याउन थाले । रु’वाबासी चल्यो । प्रकृतिको छुट्टिएको खु’ट्टा लिएर कोहलपुर मेडिकल कलेजमा बुबा नगेन्द्र पुगे । उनले मू’च्छित अवस्थाकी छोरीलाई अस्पताल पुर्‍याए ।

आ’कस्मि’क कक्षमा रहेकी छोरीलाई आमा भगवतीले हे’र्न सकिनन् । उनी बे’होस भइन् । अस्पतालको आ’कस्मिक कक्षमा आ’र्तहरूको आवाजले सबै स्त’ब्ध भए । डाक्टरले थप उपचारका लागि काठमाडौं लैजान सुझाए । तर, आमाबुवा छोरीसँगै काठमाडौं आउन सकेनन् । छिमेकी वैकुण्ठ गिरीको साथमा प्रकृतिलाई काठमाडौं ल्याइयो । ‘ह’तार ह’तार हेलिकोप्टरबाट काठमाडौंको बी एन्ड बी अस्पताल ल्याइयो ।

छोरीको खु’ट्टा जो’डिन्छ कि भन्ने झिनो आशा थियो प्रकृतिका अभिभावको । वि’डम्बना, छोरीको खु’ट्टा जोड्न सकिएन । थि’लिएको सबै भाग का’ट्नु पर्‍यो,’ आमा भगवती दुः’खको सुस्केरा हाल्छिन् । आइतबार राति नै डाक्टरले उनको श’ल्य क्रि’या गरे ।आईसीयूको अगाडि रहेकी भगवती कति बेला डाक्टरले के खबर ल्याऊलान् भनेर प्रतीक्षामा बसेकी छन् ।

घरी औष’धि चाहियो, घरी र’गत चाहियो । जब भित्रबाट र’गत र औ’षधि माग्छन। तब उनी अ’त्तालिन्छिन्, छोरीलाई केही त भएको होइन भनेर ? आईसीयू भित्र छोरी बे’होस छिन बाहिर आमा छ’टपटाइ रहेकी छन। ‘छोरीलाई ठीक त हुन्छ नि ?’ डाक्ट रलाई सोध्छिन् । ‘नआ’त्तिनुस्, अब केही पनि हुँदैन’ भन्ने डाक्टरको आवाजले फेरि आफूलाई स’म्हाल्न खोज्छिन् ।

बी एन्ड बी हस्पिटलको आ’ईसीयूको श’य्यामा छिन् उनी । त्रिभुवन उच्च मावि कोहलपुरमा ७ कक्षामा अध्ययनरत १२ वर्षीया प्रकृति चन्दले बिहान हो’समा आएपछि प्रश्न गर्दा ममी भगवती शाही भा’वुक भइन् । भगवती केही जवाफ दिन सक्दिनन् र अर्को पट्टि फर्किएर आँ’शु लुकाउन खोज्छिन् । छोरीले सोधेका प्रश्नको उत्तर दिने हि’म्मत समेत उनीसँग छैन । छोरीले खुट्टा गु’माएसँगै उनको पनि हो’स ह’वास उडेको छ ।

छोरीलाई घा’उले जति पोल्छ, त्यति भगवतीको मु’टु च’स्किन्छ । आँखामा आँशु छ’चल्किन्छ । ‘मलाई किन यहाँ राखेको ? मलाई के भएको हो ? हामी सँगै किन नबसेको ? भाइबहिनी कहाँ छन् ? म अब स्कुल जान सक्छु त ममी?’ दुवै खु’ट्टा गु’माएकी प्रकृतिलाई आफ्नो खुट्टाको भन्दा पनि पढाइको चि’न्ता ज्यादा छ । शिलापत्रमा दिनेश गौतमले लेख्नु भएको छ ।

6 Comments

Leave a Reply

Your email address will not be published.