देउवा पाँचपटक प्रधानमन्त्री हुँदा त देशको हालत यस्तो भयो, सात चोटी हुँदासम्म कस्तो होला ?

काठमाडौंः सांसद भीम रावलले संविधान विपरित, राष्ट्रिय हित विपरित शक्ति राष्ट्रहरुसँग सामरिकलगायतका सम्झौता गर्न नहुने बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद रावलले संविधान मिच्दै राष्ट्रिय हित विपरित धमाधम शक्ति राष्ट्रहरुसँग सामरिकलगायतका सम्झौता हुन लागेको भन्दै त्यसो नगर्न सरकारलाई आग्रह गरे ।

‘अहिले संविधान मिच्दै राष्ट्रिय हित विपरित धमाधम शक्ति राष्ट्रहरुसँग सामरिकलगायतका सम्झौता हुँदैछन, नेपालको स्वाधिनता र स्वतन्त्रता नै खतरामा पर्न थालेको छ,’उनले भने।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाका कारण हिंसात्मक गतिविधि बढेको भन्दै नेपाल स्वाधिनता र स्वतन्त्रता नै खतरामा परेको बताए।

उनले भने,’ २०५२ सालमा पहिलोपटक वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा देश हिंसात्मक द्वन्द्वतिर धकेलियो । देशको हितमा आँच पुर्‍याउने महाकाली सन्धी भयो । अर्कोपटक प्रधानमन्त्री हुँदा प्रतिगमन भयो ।

अहिले संविधान मिच्दै राष्ट्रिय हित विपरीत धमाधम शक्ति राष्ट्रहरुसँग सामरिकलगायतका सम्झौता हुँदैछन् । नेपालको स्वाधिनता र स्वतन्त्रता नै खतरामा पर्न थालेको छ । उहाँ पाँच चोटीसम्म प्रधानमन्त्री हुँदा त यस्तो । सात चोटी प्रधानमन्त्री हुन्छु भन्नुहुन्छ, त्यो बेलासम्म कस्तो होला । ’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को विषयगत छलफलमा प्रधानमन्त्री अनुपस्थितिले सदनप्रतिको उदासीनता देखिएको बताए ।