तथ्यले देखाएको तितो सत्य – कतै भेटिएन सरकार

काठमाडौं, जेठ २७ । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सरकार नागरिकको समस्याप्रति अत्यन्तै गैरजिम्मेवार बनेको छ । जनतालाई महंगीको उपहार थोपर्न ब्यस्थ सरकार अत्यन्तै संवेदनशील बिषयमा समेत गैरजिम्मेवार बनेको तथ्यहरु एकपछि अर्काे रुपमा उजागर हुन थालेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको नालायकीपन देखेर जनता मात्रै होइन, सत्तारुढ दलकै सांसदसमेत आक्रोशित बन्ने अवस्था संसदमा आएको अभिब्यक्तिले देखाएको छ । प्रमुख पतिपक्षी दल एमालेले निरन्तर झकझकाउँदा पनि कुम्भकर्ण निदमा रहेको देउवा सरकारको रैवैयाप्रति जनबिरोधी भएकोसरकारमा सहभागी दलका सांसदहरूले संघीय संसदको बैठकमा सरकारविरुद्ध आवाज उठाएबाटै प्रष्ट हुन्छ ।

प्रतिनिधिसभाको हरेक दिनको बैठकमा एमाले सांसद मात्रै होइन, सत्तारुढ सांसद पनि आक्रोशित बनेका छन । बिपक्षीसँगै सत्तारुढ सांसदहरुले सरकारले विद्यार्थीलाई किताव उपलब्ध गराउन नसकेको, किसानलाई मल दिन नसकेको र मूल्यवृद्धिले जनतालाई आहातमा पारेको भन्दै सरकार कहाँ छ भनेर प्रश्न गरेका छन ।

संसदमा सत्तारूढ नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकार जिम्मेवार र बफादार बन्नै नसकेको बताउनु भएको छ । नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको र खेती लगाउने बेला किसानले मल नपाएको तथ्यले नै सरकार गैरजिम्मेवार बनेको तथ्य उजागर गर्ने उहाँको निश्कर्ष छ ।

महँगीले नागरिकको ढाड सेके पनि महँगी नियन्त्रणमा सरकारले ध्यान पुर्याउन नसकेको संग्रौलाले बताउनु भयो । यस्तै हत्या, हिंसा र बलात्कारका घटना भए पनि पीडितलाई न्याय दिलाउने सवालमा पनि सरकार चुकेको सांसदहरुको बुझाइ छ । ‘बेथितीको चाङ छ, बिद्यार्थीले किताव पाएका छैनन, किसानले मल पाएका छैनन, महंगीले आकास छुन लागेको छ, तर सरकार कहाँ छ ? जिम्मेवार र बफादार बन्नुपर्दैन ?,’ बिहीवारको संसद बैठकमा कांग्रेस नेतृ संग्रौलाले बिपक्षीकै आवाज बुलन्द गर्दै भन्नुभयो ।

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलको भनाई पनि सरकार निकम्मा रहेकैतर्फ लक्षित थियो । नेपाल अमेरिकी सैनिक र रणनीतिक कार्यक्रममा जोडिन खोजको हो ? भनी सरकारलाई प्रश्न गर्नुभयो । नेपाल र अमेरिकाबीच स्टेट पार्टनरसिप प्रोग्रामको सम्झौता हुन लागेको र सो सम्झौतामार्फत नेपाल सैनिक र रणनीतिक कार्यक्रममा जोडिन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको उहाँको भनाई थियो ।

‘अमेरिकी सेनाहरूको नेपाल भ्रमण र नेपाली सेनाहरूको अमेरिकी भ्रमणको उद्देश्य र एजेन्डा सरकारले सदनलाई जानकारी गराउनुपर्दैन ?,’ पोखरेलले भन्नुभयो, ‘अविलम्ब सदनलाई जानकारी गराइयोस् भन्ने माग गर्छु ।’ आफूले अमेरिकी र नेपाली सेनाबीच स्टेट पार्टनरसिप प्रोग्रामको सम्झौता हुन लागेको सुनेको उल्लेख गर्दै पोखरेलले भन्नुभयो, ‘यो स्टेट पार्टनरसिप प्रोग्राम भनेको के हो ?सरकारको धारणा के छ ? स्टेट पार्टनरसिप प्रोग्रामको नाममा सैनिक र रणनीतिक कार्यक्रमहरूमा जोडिन खोजिएको हो ?’ स्टेट पार्टनरसिप प्रोग्रामको माध्यमबाट विस्तारै अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजीमा नेपाललाई सामेल गराउने विज्ञहरूले उठाइराखेको उहाँको भनाई छ ।

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले सरकारले ल्याएको बजेट जनमुखी नभएको एकएक तथ्य औल्याइरहेका छन । सरकार आफैंले आन्दोलन गराउने र आफंैले आन्दोलन भएको भन्दै गतिविधिलाई अघि नबढाउने काम गरेको तथ्य पनि एमाले सांसदहरुले राखेका छन ।