काठमाडौंको फोहोर उठ्यो, जस लिने होडबाजी, झाँक्रीको वार्तामा गएनन् बालेन

काठमाडौँ — काठमाडौंमा फोहोर उठ्न छोडेको एक महिनाभन्दा धेरै समय बित्यो । सिसडोल र बञ्चेरडाँडाबासीले अवरोध गरेपछि एकसाता यता तनावग्रस्त अवस्था बन्यो। तथापी बिहिबार मध्यरात र आज भएका दुई वार्ताले फोहोर उठ्ने वातावरण बनेको छ ।

तर फोहोर उठ्न पाएको छैन, संघ र स्थानीय सरकारबीच कस्ले जस लिने भन्ने टकराव सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहिबार अपरान्ह भेटवार्ता गरेपछि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले मध्यरातमा नुवाकोट र धादिङका स्थानीय जनप्रतिनिधिसँग सहमति गरे ।

सिसडोल र बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न अवरोध नहुने गरि उनीहरुबीच१८ बुँदे सहमति भयो । सहमतिपत्रमा मेयर शाहसहित नुवाकोटको ककनी गाउँपालिका १ र २ का वडाध्यक्ष र धादिङको धुनिवेँसी नगरपालिका १ र २ का वडाध्यक्षले हस्ताक्षर गरेका छन् ।

उनीहरुबीच फोहोरको ढुवानी दीर्घकालका लागि रातिको समयमा गर्ने र प्रभावित क्षेत्रलाई महानगरबाट बजेट विनियोजन गर्ने सहमति भएको छ । र मुआब्जा वितरण लगायतका मागमा सम्बन्धित मन्त्रालय तथा निकायसँग पहल गर्न महानगरले सहमति जनाएको छ ।

शुक्रबार बिहानै सार्वजनिक सहमति अनुसार नै फोहोरमाथिको अवरोध हटेको छ । अपरान्ह फोहोरका सयौं कन्टेनर लिएर मेयर बालेन्द्र शाह आफै सिसडोलसम्म पुगे । विगतचारदिनदेखिको तनावग्रस्त अवस्थालाई चिर्दै पुनः एकपटक सिसडोलबासीले काठमाडौंको फोहोर र मेयर शाहलाई स्वागत गरे ।

तर, यता सहमति बाझिँयो । संघीय सरकार र स्थानीय सरकारसहमति र सम्झौताका विषयमा एक रहन सकेनन् । अवस्था कतिसम्म देखियो भने, सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले स्थानीय सरोकार समिति र जनप्रतिनिधिसँग तय गरेको वार्तामा महानगरका मेयर र उपमेयर सहभागि नै भएनन् ।मन्त्रालयबाट बोलावट आएपनि अन्तिममा अरुलाई किन जस दिने ? महानगर चनाखो बन्न खोजेपछि यता मन्त्री झाँक्रीले स्थानीयसँग छुट्टै सहमति गरेकी छिन् ।तत् मागमा सहमति जनाउँदै आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धतासमेत जनाएकी छिन् ।

तर विगतका अभिव्यक्तिले प्रभावित क्षेत्रका जनताको भावनामा ठेस पु¥याएको भन्दै मन्त्री झाँक्रीसँगवार्तामा सहभागि स्थानीय प्रतिनिधि निकै आक्रोशित देखिए । यसअघि १० अर्बको बाग्रेनिङ गर्ने स्थानीयसँग वार्ता नहुने बताउँदै आएकी मन्त्री झाँक्रीले फोहोर व्यवस्थापनलाई झनै गिजोल्ने काम गरेकी थिइन् ।

तर बोलीको ठेगान नभएपछि मन्त्रीले पनि माफी माग्नुपर्छ भन्ने सिकाइलाई ध्यान दिएर मन्त्री झाँक्रीले आफुलाई सच्याउँदै माफीसमेत मागिन् । मन्त्री झाँक्रीको वार्तामा काठमाडौंका माननीय गगन थापा, भीमशेनदास प्रधान र काँग्रेस प्रवक्ता प्रकाशशरण महतसहित नुवाकोटका सांसदहरुको समेत सहभागिता थियो ।

तर यही वार्तालाई मेयर शाहले महत्व नदिएपछि मन्त्री र मेयरबीच तुष देखिएको अर्थमा समेत टिप्पणी आइरहेका छन् । यता वार्ताबाटफोहोर व्यवस्थापनका लागि संसदीय समिति नै बनाउने निर्णय गरेको छ ।काठमाडौंको फोहोर फाल्दा प्रभावित हुने जग्गा एकिन गरी अधिग्रहण सुरु गर्न सहरी विकास मन्त्रालय र संघर्ष समितिबीच सहमति भएको छ ।

काठमाडौंको फोहोर व्यवस्थापनका लागि दुवैथरि वार्तामा सहमति भएपनि यो दीर्घकालिन समाधान भने होइन । यसका लागि छिट्टै गृहकार्य आवश्यक छ, जुन निकै चुनौतीपूर्ण छ ।

तर फोहोर सिसडोलसम्म नपुग्दै यता जस लिने होडबाजी चलेको देखिन्छ । अब प्रधानमन्त्री देउवा र बालेनको सहकार्यमा फोहोर व्यवस्थाप भयो की ? मन्त्री झाँक्रीको अग्रसरतामा भएको वार्ताले समाधान दियो ?फोहोर व्यवस्थापनका यी दुई प्रश्नबीच भोलि फेरि फोहोरी राजनीति हुने पक्का देखिएको छ ।