देशैभर जसपाकाे अवस्था ‘माझीदाइ’काे जस्तै भयाे – बाबुराम भट्टराई

काठमाडाैँ- जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले चुनावी गठबन्धनमा जसपाकाे अवस्था माझीदाइकाे जस्तै भएकाे टिप्पणी गरेका छन्।

भट्टराईले सामाजिक सञ्जालमार्फत् यस्ताे टिप्पणी गरेका हुन्।

उनले गाेरखा नगरपालिका र गण्डकी गाउँपालिका माओवादीले जसपाकाे सहयाेगमा जितेकाे उदाहरण दिँदै देशैभर जसपाकाे अवस्था माझीदाइकाे जस्तै रहेकाे बताए।

ट्विटरमा उनले लेखेका छन्, ‘चुनावी गठबन्धनको राजनीतिबारे विचारणीय विश्लेषण! गोरखाको गोरखा नपा र गण्डकी गापा पनि माओवादीले जसपाको सहयोगमा जितेको हो। देशैभर जसपाको अवस्था चाहिं ‘माझीदाइ’ को जस्तो रहेको हो- अरूलाई नदी तार्ने तर आफु चाहिं वरै बस्ने!’

गठबन्धन भएपनि जसपाले अपेक्षाकृत नतिजा ल्याउन सकेन। जसपाले १ नगरपालिकासहित १२ पालिकामा प्रमुख पद जितेको छ।