घुस लिएका दोलखाका प्रमुख जिल्ला अधिकारी निलम्बित

काठमाडौं, २४ मंसिर । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल निलम्बित भएका छन् ।

अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको अभियोगमा अनुसन्धानमा रहेका उनलाई निलम्बन गरिएको हो । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तसंग घुस लिएको अभियोग लगाइएको छ ।

उनले अभियुक्तसंग धरौटीमा रिहा गर्न भन्दै क्षेत्राधिकार भन्दा धेरे घुस लिएका थिए । उनलाई अनुसन्धान भइरहेको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मंगलबारको सिफारिसअनुसार गृह मन्त्रालयले निलम्बन गरेको हो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.