गर्मी बढेपछि विद्यालय ५ दिन बन्द गरिने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले पाँच दिन गर्मी बिदा दिन विद्यालयहरुलाई निर्देशन जारी गरेको छ।उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख उपसचिव गोर्खबहादुर थापाले जारी गरेको सूचनाअनुसार जेठ २७ देखि ३१ गतेसम्म गर्मी बिदा दिन भनिएको छ।

उपसचिव थापाका अनुसार केही दिनयता अत्यन्तै गर्मी बढेकाले विद्यालयको पठनपाठनमा प्रभाव परेकाले पाँच दिन विद्यालय बन्द गर्न भनिएको हो।पानी पर्न नसक्दा नेपालगञ्जमा अत्याधिक गर्मी भएको छ। तापक्रम ४० डिग्री भन्दा बढी छ।

यो गठबन्धन टुट्नु पर्छः योगेश भट्टाराई

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव एवम पूर्वमन्त्री योगेशकुमार भट्टराईले यो गठबन्धन टुट्नु पर्ने कांग्रेससँग विचार नमिल्ने बताएका छन् ।

पार्टीको उम्मेदवार छनोटमा असन्तृष्टि भएको विगतमा भन्दा अहिले ज्यादै एमाले भित्र अन्तरघात भएकोले एमालेले ५०\६० सिट गुमाएको बताएका छन् ।

मतको भिन्नता कम भएको गठबन्धन नगरी एक्ला–एक्लै चुनावमा गएको भए एमालेले ३५० भन्दा धेरै मत ल्याउने उनको भनाई छ ।

अहिले पनि एमालेले लिएको व्यक्तिहरु सहि भएको पार्टीको हिसाबले पनि बलियो भएको देशको वैचारीक नेतृत्व एमालेले गरेको बताए ।

केपी ओली, प्रचण्ड र माधव नेपालहरुको कारणले गठबन्धन टुटे्को अहिले तत्काल गठबन्धन नहुने प्रचण्डले कम्युनिष्ट जनमतलाई अर्काे पुँजीवादीमा लगेर खप्टाएको कांग्रेसलाई बलियो बनाएको बताएका छन् ।

केपी ओलीको सम्झदारी परिर्वतन गर्न आवश्यक भएको कम्युनिष्टको धारमा हिडेको र प्रचण्डले कम्युनिष्ट धार छोडेर गलत बाटोमा हिडेको त्यो धारलाई लगेर अरुसँग मिसाएको उनले बताए ।