कतारले तोक्यो नेपाली श्रमिककाे न्यूनतम पारिश्रमिक

काठमाडौ, २४ मंसिर/कतारले आफ्नो देशमा काम गर्न आउने कामदारको न्यूनतम पारिश्रमिकको दर तोकेको छ । साथै काफला पद्धती हटाइएको निर्णय पनि गरेको छ ।

सबै देशका कामदारलाई समान रुपमा लागू हुने गरी न्यूनतम तलब तोक्ने कानुन पारित गरिएको हो । यो कानुन आउँदो जनवरीदेखि कार्यान्वयन गरिने जनाइएको छ ।

कतारको मन्त्रिपरिषद बैठकले विदेशी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको हो । पारित मस्यौदालाई सुरा काउन्सिलमा पेश गरेको छ ।

कानुन बनाउने प्रक्रियामा सुरा काउन्सिलले सल्लाह मात्रै दिने भएकाले यो कार्यान्वयनमा आउने छ । मन्त्रिपरिषदको निर्णयलाई तुरुन्तै कार्यान्वयनमा ल्याइने कतारका प्रशासनिक विकास, श्रम र सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल ओथमान फक्ह्रोले जानकारी दिएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.