हराएको २२ घण्टामा बालिकाको शकुसल उद्दार

मंसिर २४, सुन्दरहरैचा / मोरङमा हराएको २२ घण्टा पछी ६ वर्षिय बालिका शकुसल फेला परेकी छिन । शनिबार दिउसो २:३० बजे देखी हराएकी उक्त बालिकालाई प्रहरीले २२ घण्टा पछी शकुसल उद्दार गरेको हो ।


सुन्दरहरैचा ०९ बस्ने रिना वर्देवाको नाबालिका छोरी बेलबारी १० स्थित तारा दन दर्जीको घरबाट शनिबार हराएकी थिईन । सोही दिन दर्जीको घरमा कोही नभएको अवस्थामा दिउसो २:३० बजे तिर कानेपोखरी ०७ बस्ने वर्ष २७ को लिले दर्जीले अ प ह र ण गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

आईतवार ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले खोजतलास गर्ने क्रममा रतुवामाई १० स्थित सोमबार चौकमा उक्त बालिकालाई लुकाएर राखिएको अवस्थामा प्रहरीले बालिकाको उद्दार गरेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रहरीले बालिकालाई आमाको जिम्मा लगाएको छ भने अ प ह र ण कारी लिले दर्जीलाई पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.