पीडितलाई न्यायको अनूभूति गराइन्छ’ : प्रम ओली

२४ मङि्सर ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले द्ध न्द्ध कालिन घट नाका पीडितलाई न्यायको अनुभूति दिलाउने बताएका छन् । विश्व मानव अधिकार दिवसको अवसरमा आज एक सन्देश जारी गदै प्रधानमन्त्री ओलीले द्व न्द्व का लीन घ टनालाई सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र वे प त्ता पारिएका व्यक्तिहरुको छानविन आयोगलाई थप प्रभावकारी बनाउन कानूनी तथा संरचनात्मक व्यवस्थामा आवश्यक संशोधन गरेर पीडितलाई न्यायको अनुभूति गराइने बताएका हुन् ।

उनले मानव अधिकारको उल्लंघन हुन नदिन र उल्लंघन भएमा सोको अनुसन्धान गरी दोषी देखिएको व्यक्तिलाई कानूनको दायरामा ल्याउन र पीडितलाई क्षतिपूर्ति तथा न्याय दिलाउन सरकार सक्रिय रहेको पनि बताए । मानव अधिकार प्रतिवद्धता मात्र नभई आस्था र निष्ठाका विषय भएको भन्दै प्रधनमन्त्री ओलीले भने,–‘म सहजताका साथ यति भन्न सक्छु, राजनीतिक जीवन सुरु गरेदेखि अहिलेसम्म मैले बोकेका, अपनाएका र पक्षपोषण गरेका, पृष्ठपोषण गरेका मान्यताहरु संयुक्त राष्ट्र संघको वडापत्रमा आधारित छन् । र, म ती लक्ष्यहरु प्राप्त गर्न क्रियाशील छु, रहनेछु ।’

यस्तो छ प्रधानमन्त्रीको सन्देशः
आज भन्दा ७१ वर्ष अगाडि अर्थात् १० डिसेम्बर १९४८ का दिन संयुक्त राष्ट्र संघको महासभाले मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष उच्च महत्वका साथ विश्व मानव अधिकार दिवस मनाउँदै आएका छौँ । यस घोषणापत्रलाई मानव अधिकारको क्षेत्रमा सबै राष्ट्र तथा समुदायहरुको साझा उपलब्धि र न्यूनतम मापदण्डको रुपमा लिइन्छ । यस घोषणापत्र जारी हुँदाका बखत नेपाल संयुक्त राष्ट्र संघमा आवद्ध रहेको नभए पनि यसलाई नेपालले मानव अधिकारको क्षेत्रमा न्यूनतम मापदण्डको रुपमा लिई संविधानमा नै मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष भएका मानव अधिकार सम्बन्धी महासन्धिद्वारा व्यवस्था गरिएका सबै प्रकारका मानव अधिकारहरुलाई मौलिक हकको रुपमा प्रत्याभूत गरेको विदितै छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.