
काठमाडौं, मंसिर २४ । ‘यौ न हिं सा भनेको के हो? कसरी हुन्छ? हिं सामा परेका महिलाले कसरी व्यक्त गर्ने? कोसँग, कहाँ गएर हिंसामा परे भनेर गुहार्ने? यी प्रश्नको जवाफ छ?’
गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले तेस्र्याएका प्रश्न हुन् यी । उनले संसदभित्रै यौ नहिंसा भएको बताइन्। भनिन्, ‘पुरुष सांसदबाट संसदभित्रै हामीमाथि यौ न हिंसा भएको छ तर इज्जतको डरले सहन बाध्य छौं।’
पुरुष सांसदहरूले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गरेको उनले दाबी गरिन्। ‘के हग गर्दा फिलिङ्स आउने गरी गर्नुपर्छ? टाँसिइरहनुपर्छ?’ उनले भनिन्। यो खबर आजको कान्तिपुरमा प्रतीक्षा काफ्लेले लेखकी छन्।
पढेलेखेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद भविनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेकामा उनले गुनासो गरिन्।