१३ औं सागको समापन समारोह आज

काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मंगलबार सकिँदैछ । सागको समापनमा एक बिशेष समारोह गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
परिषदका सदस्यसचिब रमेशकुमार सिलवालले समापन समारोहलाई अहिलेसम्मकै ब्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको जानकारी दिए ।

सोमबार सांझ मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सदस्यसचिब सिलवालले प्रतियोगिता शुरुदेखि अहिलेसम्म ब्यवस्थित रुपमा सञ्चालन भइरहेको र समापनलाई झनै ब्यवस्थित र भब्य बनाउन लागिएको बताए ।

उनका अनुसार समापन समारोहकै दिन नेपाल र भुटानबिच फुटवलको फाईनल हुनेछ । त्यसअघि मंगलबार १२ बजे सांसद ११ र राष्ट्रसेबक कर्मचारी ११ बिच मैत्रीपूर्ण फुटवल हुनेछ । फुटवल प्रतियोगिताको फाइनल लगत्तै समापन समारोह शुरु हुनेछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.