सीमा वि वाद छलफलबाट स माधान गर्न सकिन्छ : भारतीय राजदूत

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल र भारतबीच अहिले अहिले देखिएको सीमा विवाद छलफलबाट समाधान निकाल्न सकिने बताउनुभएको छ ।

राजदूतको जिम्मेवारीबाट अवकाश लिने क्रममा रहनु भएका राजदूत पुरीले गोरखापत्र र दि राइजिङ नेपाललाई दिनुभएको एक विशेष अन्र्तवार्तामा सो कुरा बताउनुभएको हो ।

नक्सा विवादका विषयमा उहाँले भन्नुभयो– त्यो नक्सा भारत भित्रका राज्यहरूको सीमामा भएका परिवर्तनसँग सम्बन्धित थियो । नेपाल लगायत अन्य कुनै देशको बाहिरी सिमानसँग सम्बन्धित थिएन । जुन सीमाना विगतका नक्साहरूमा थियो त्यही नै नयाँ नक्सामा पनि थियो ।

समाधानका उपाय बारे उहाँको भनाइ थियो–हाम्रो युगौंदेखि रहँदै आएका १८ सय किलोमिटर लामो खुला सीमाना छ । त्यसैले त्यहाँ कुनै पनि मुद्दा हुन सक्छ यदि कुनै मुद्दाहरू छन् भने त्यसमा हामीले छलफल गर्नु पर्ने हुन्छ । हामीहरू छलफल पनि गरिरहेका छौ ।

उहाँले सीमा जस्तो विषयमा निकै महत्वपूर्ण विषय भएको र यस्तो कुरामा थोरै सावधान हुनु पर्ने भन्दै यस्तो विषयमा कसैलाई पनि अबसर दिनु नहुने बताउनुभयो ।

नेपालका वर्तमान अबस्थाबारे उहाँले भन्नुभयो, नेपालले धेरै राम्रा कामहरू गरेको छ र विश्वले त्यसलाई अनुभुत गरिरहेको छ । नेपालको अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा उक्लने तयारी ठीक ढङगले अगाडि बढाएको छ ।

उहाँले थप भन्नुभयो– कसैले पनि यसरी आफूलाई माथि उक्लन चहाँदैन किन भने यसबाट नेपाल माथि हुँदा केही सकारात्मक विभेदका फाइदाहरू गुम्न सक्छन् । नेपालले केही लाभ लिन सक्थ्यो तर अर्कातर्फ नेपालका उच्च गौरबका साथ अघि बढ्न सक्छ ।

साथै राजदूत पुरीले नेपालले सन् २०३० वा सो भन्दा अगाडि नै मध्यम स्तरको आय भएको मुलुकमा पुग्न नभारतीय अर्थतन्त्रसँगको अन्तक्रिया (इन्टर्याक्सन) लाई बृद्धि गर्नु पर्ने कुरामा जोड दिनुभयो । यो खबर आजको गाेरखापत्र दैनिकमा छ।

2 Comments

Leave a Reply

Your email address will not be published.