भिडियो गेम खेलेर एक वर्षमा २ लाख डलर

एजेन्सी ।  एक अमेरिकी १४ वर्षीय किशोर ग्रिफिन स्पिकोस्कीले भिडियो गेम खेलेर एक वर्षमा २ लाख डलर कमाएका छन् ।

ग्रिफिन हरेक दिन ८ घण्टा भिडियो गेम फोर्टनाइट खेल्थे ।

उनले आफ्नो भिडियो युट्युब च्यानल स्केपटिकमा नियमित अपलोड गर्थे । ग्रिफिनको च्यानलमा विज्ञापनदाता र स्पन्सरसिपबाट उनको लगातार कमाइ हुन थाल्यो ।

ग्रिफिनको युट्युब च्यानलमा १२ लाख सब्सक्राइबर छन् । उनको भिडियोमा ७.१ करोडसम्म भ्यु पुगेको छ ।

अभिभावकले उनका लागि फाइनेन्सियल एडभाइजर र एकाउन्टेन्ट पनि राखेका थिए ।

ग्रिफिनको खेलप्रतिको लगाव धेरै अत्यन्त थियो । उनका बुवाआमाले विद्यालयबाट निकालेर घरमै अनलाइन कोर्स गराउन सुरु गरेका थिए ।

ग्रिफिन इ–स्पोर्टस गेमरको रुपमा नाम कमाउन चाहन्छन् । उनी ३ वर्षको उमेरदेखि नै भिडियो गेम खेल्न सुरु गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.