कामको बो झले यसरी थि’चिएका छन् कर्णाली प्रदेशका म हिला

काठमाडौं : नलगाड नगरपालिका-५ पोखरा, जाजरकोटकी शर्मिला कुसारी घरखर्च चलाउने पैसाको जोहो गर्न भारत आउजाउ गर्छिन् । स्याउ टिप्ने समय आरम्भ भएपछि यसपालि आफन्तसँग भारत गएर घर फर्किएकी उनले चार महिनामा झन्डै ६० हजार रुपैयाँ कमाएर ल्याएको बताइन्। तेह्र वर्षअघि कमाउन भारतको कालापहाड गएका उनका पतिको अहिलेसम्म केही अत्तोपत्तो छैन। “छोराछोरी सानै छन साथ दिने अरू कोही छैन्,” उनी भन्छिन, “वर्षभरिको खर्च जुटाउन कालापहाड जान बाध्य भएँ।”

जिम्मेवारी थरीथरीका : सधैँ काममा खटिरहने उनको काँधमा चार छोरा छोरीलाई पढाउने र पालन पोषण गर्ने जिम्मेवारी पनि छ। खेतीपाती लगाएर काला पहाड जाने र भित्र्याउने बेला घर आउने गरेकी उनी जति दुःख र परिश्रम गरे पनि सुखका दिन नआएको गुनासो गर्छिन्। आठबीस नगरपालिका दैलेखकी प्रमिला कुमारी सिजापति बिहान भालेको डाँकोसँगै उठ्छिन्।

उठ्ने बित्तिकै दैलो पोत्ने, घरको सरसफाइ गर्ने, खाना पकाएर परिवारलाई खुवाउने, घाँसदाउरा गर्ने, दिउँसो गोठाला जाने आफ्नो दिनचर्या भएको उनी बताउँछिन्। “एउटा काम सकेपछि पुरुषहरू डुलेरै दिन बिताउँछन्। तर हामी महिलालाई भने धेरै दुःख छ,” उनी भन्छिन्, “सुत्केरी र महिनावारी हुँदा समेत राम्रोसँग खान र आराम गर्न पाइँदैन।”

डोल्पा सर्मीकी उषाकुमारी सिंह कर्णालीका दुर्गम गाउँका महिला कामको बोझले थिचिएको गुनासो गर्छिन्। “बिहान चार बजेदेखि राति १०-११ बजे सम्म काममा जोतिनुको विकल्प हुँदैन,” उनी भन्छिन्, “जस्तो दुःख भए पनि महिलाले काम नगरी सुखै पाउँदैनौँ।” शर्मिला, प्रमिला र उषाजस्तै कर्णालीका दुर्गम गाउँका अधिकांश महिला कामको बोझले थिचिएको बताउँछन्।

चुल्होचौकोदेखि, गाईभैँसी दुहुने, खेतबारी खनजोत गर्ने जस्ता कामगर्न आफूहरू बाध्य भएको उनीहरू सुनाउँछन्। पुरुषहरू कमाउन कालापहाड र वैदेशिक रोजगारीमा जाने भएकाले चुल्होचौको देखि खेती पातीसम्मको काम धान्नुपर्ने बाध्यता उनीहरूको छ। “महि लालाई दुःखले कहिल्यै छोडेन्,” जुनीचाँदे जाजरकोटकी ७४ वर्षीया जयकली खड्का भन्छिन, “हामीले हातपाखुरी चलाएनौँ भने घरव्यवहार पनि चल्दैन।”

पहिलेको भन्दा अहिले महिलाको दुःखमा कमी आएको अनुभूति गरेकी उनी मुसलले धान कुट्ने, कोलमा तेल पेल्ने, डोकोमा ग्रागी बोकेर पानी खाने दिन हराए पनि अरू दुःख भने ज्यूँका त्यूँ नै रहेको बताउँछिन्। कर्णालीका गाउँबस्ती महिलामै निर्भर छन्। “जति काम गर्दा पनि सुखका दिन भेटिएनन्,” कर्णालीका महिलाहरू भन्छन्, “सुख कस्तो हुन्छ, अहिलेसम्म महसुस गर्न पाएका छैनौँ।”

कामको बोझ : कर्णालीका महिलाबारे पुस्तक लेखेकी जुम्लाकी लक्ष्मीकन्या बूढा अन्यत्रका भन्दा कर्णालीका महिलाको कामको ठूलो बोझ भएको बताउँछिन्। महिलाले मात्र काम गर्नुपर्छ भन्ने पुरुषको मानसिकताले पनि महिलाहरूले झन् बढी दुःख पाएको उनको धारणा छ। पुरुषको तुलनामा महिलाहरू दैनिक जीविकोपार्जन गर्न कडा श्रम गर्न बाध्य भएको उनी बताउँछिन्।

दुर्गम गाउँका अधिकांश महिलाले अहिलेसम्म गाडी चढेका छैनन् भने कतिपय बिरामी पर्दा डाक्टरको पनि अनुहार देख्न नपाएको गुनासो गर्छन्। सुखदुःख जे भए पनि आफैँले झेल्नुपर्ने महिलाहरू बताउँछन्। कर्णालीका दुर्गम गाउँका महिलाहरू सडक, पुल, खाने पानी योजनाका सामान बोक्नेदेखि अन्य जोखिमपूर्ण काम गर्दै आएको बताउँ छन् । उमेर नपुग्दै बिहे गर्ने अनि बुहारी बनेर घरको सम्पूर्ण काम गर्नुपर्ने अवस्थाले झन् दुःख थपिने त्यहाँको सामाजिक अवस्थामा अझै विद्यमान छ । बिबिसी नेपालमा प्रकाश पन्तले लेख्नु भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.