अब २५ वर्ष उ मेर न पुगेका यु वाले म दिरा पि उन न पाउने

२३ मङ्सिर, जुम्ला : जुम्लाको पातारासी गाउँपालिकाले २५ वर्ष तल उमेर समूहका युवालाई म’दिरा बेचबिखन तथा सेवनमा प्र’तिबन्ध लगाएको छ । म’दिराको सेवन तथा बिक्री वितरणमा रोक लगाउनका लागि गाउँपालिका, महिला तथा बालबालिका शाखा मार्फत गाउँमा गठन भएका महिला समूह, सहकारी र युवालाई सहभागी गराई सचेतना मूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

कु’लतका कारण युवक युवती ग’लत बाटामा लागेका कारण म’दिरा बे’चबिखन तथा सेवनमा प्र’तिबन्ध लगाइएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए। पढ्ने उमेरका युवा कु’लतमा बढी फसेका कारण म’दिरामा प्र’तिबन्ध लगाइएको अध्यक्ष बोहोराको भनाइ छ । पच्चीस वर्ष तलका युवाले मदिरा सेवन तथा बिक्री वितरण गर्न नपाउने गाउँ कार्यपालिकाको बैठकबाट निर्णय भएको हो ।

यदि कोही कसैले सार्वजनिक स्थलमा म’दिरा सेवन गरी हल्ला वा बिक्री गरेको भेटिएमा हदैसम्म ज’रिवना र कानूनी उपचारका लागि सम्बन्धित निकायमा पहल गरिने अध्यक्ष बोहोराले बताए। कु’लतका कारण युवक युवती ग’लत बाटामा लागेकाले जुम्लाको पाता रासी गाउँपालिकाले २५ वर्ष तल उमेर समूहका युवालाई म’दिरा बेचबिखन तथा सेवनमा रोक लगाएको हो ।

4 Comments

Leave a Reply

Your email address will not be published.