चितवन : सामान्यतय कुनै एक घरको विद्युत महसुल महिनामा ५ सय, १ हजार देखि ५ हजारसम्म उठ्ने गर्छ। ठूलो क्षेत्रफलको घर र धेरै नै विद्युतीय सामग्रीहरू प्रयोग भए पनि १० हजार, २० हाजर सम्म मासिक महसुल उठ्न सक्छ। तर कपडामा लगाउने आइरन समेत नचलाउने एक सामान्य घरमा एक महिनाको विद्युत महसुल १० लाख उठ्छ भन्दा जो कोहीलाई पत्याउन त परकै कुरा अचम्मित बनाउछ।
चितवनको एक सामान्य घरमा त्यस्तै असामान्य विद्युत महसुल उठेको छ।जसले सवैलाई अचम्मित बनाएको छ। चितवनको भरतपुर महानगरपालिका १३ श्रृजना चोककी मेनुका पौडेलको घरमा एक महिनाको विद्युत महशुल १० लाख रुपैयाँ उठेको छ। यही मंसिर १७ गत्ते विद्युत प्राधिकरण भरतपुर वितरण शाखाका कर्मचारीले मिटर रिड गर्दा महिनाकै १० लाख विल देखिएपछि सवै अचम्मित परेका छन्।
घरधनी मेनुकाका अनुसार मिटरमा गएको एक महिनामै ९१ हजार २५१ युनिट विद्युत खपत भएको देखिएको हो। उनको घरमा धेरै विद्युत खपत गर्ने विद्युतीय सामग्रीहरू पनि छैन । ३ वटा पंखा, एउटा फ्रिज, एउटा राइस कुकर, १७ वटा सिएफएल बत्ती र एउटा कुखुरा फर्म छ। मेनुकाका अनुसार यति नै विद्युत सामग्री प्रयोग गर्दा यस अघि ६९ युनिट मात्रै उठेको थियो। मेनुकाले भनिन,‘अहिले जाडो मौसममा पंखा चलाएकै छैन।
कपडामा लगाउने आइरन पनि चलाएका छैनौ। कुखुराको फममा बत्ती मात्रै बाल्ने हो। कसरी यस्तो भयो हामी अच्चम्मित भयौँ।’ उनका अनुसार गर्मी मौसममा बढीमा १ हजार र जाडो मौसममा ५ सय रुपैयाँसम्म महसुल उठ्ने गरेको थियो। कुखुरा फाममा चल्ला हालेको समयमा केही महिनाघि अहिलेसम्मकै सवैभन्दा बढी ४ हजार ५ सय रुपैयाँ तिरेको मेनुकाले बताइन्।
यति धेरै महसुल उठेको देखेपछि घरधनी मेनुका मात्रै होइनन् विद्युतका कर्मचारी पनि अचम्म परे। ती कर्मचारीले विल नकाटी अफिसमा सम्पर्क गर्नु भनेपछि मेनुका भोलिपल्ट १८ गत्ते विद्युत प्राधिकरण भरतपुर शाखामा पुगिन्। त्यतिवेलासम्म मेनुकालाई अस्वाभा विक विल उठ्नुमा मिटर विग्रिएको होला भन्ने लागेको थियो। तर विद्युत प्राधिकरणकै कर्मचारीले दोस्रोपटक पनि पुन चेकजाँच गर्दा मिटर ठिकै रहेको बताए।
भरतपुर वितरण शाखाले पनि कुखुरा पालेको ठाउँमा १० लाख शुल्क उठ्नु अस्वाभाविक नभएको बताएपछि आफू निक्कै तनावमा परेको मेनुका बताउँछिन्। अस्वाभाविक महसुल उठेको मिटर चेकजाँचका लागि डिभिजन कार्यालय हेटौंडा पठाइएको प्राधिकरण भरत पुर शाखाले जनाइएको छ। थप अनुसन्धान पछि वास्तविकता पत्ता लाग्ने कार्यालय प्रमुख सुरेशकुमार महतोले बताए।
tadalafil online canadian pharmacy – tadalafil reviews buy tadalafil
finasteride drug – propechl.com propecia wiki
tadalafil generic – tadalafil e20 tadalafil 10 mg
pay for assignments – my essay writer assignments for sale
Yskwyx – http://virviaga.com/ viagra sildenafil
Bijzik – ivermectin 12 mg Onpypu qhgyky
Pucmgz – does cialis make you last longer Ojxgwx htjzxc
Frbczr – lasix side effects Pkwyld lymdka
Untnkl – super avanafil price Lbjcsh diztbu