आमिर खानलाई सम्झिँदै यस्तो ट्विट गरिन् प्रिति जिन्टाले

मङ्सिर २३, एजेन्सी – बलिउडमा आजभन्दा १८ बर्ष अघि अभिनेता आमिर खान र प्रीति जिन्टाको फिल्म दिल चाहता है ले निकै चर्चा पायो । त्यस समय यस फिल्म निकै हिट भएको थियो । धेरैले यस फिल्मलाई रुचाएका थिए । फिल्म रिलिज भएको लामोसमयसम्म चर्चा पाएको यस फिल्ममा आमिर खान, प्रीति जिन्टा, सैफअली खान, सोनाली कुलकर्णी, अक्षय खन्ना र डिम्पल कपाडिया लगायतका कलाकारको अभिनय रहेको छ ।

हालै नायिका प्रितीले यस फिल्म १८ वर्ष पुगेको उपलक्ष्यमा सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गरिन् । उक्त ट्विटमा आमिर, फरहान अख्तर, सैफअली खान र अक्षयसँग खुशी बाँडेकी छिन् । उनले उक्त फिल्मको छायांकन समय निकै रमाइलो भएको बताएकी छिन् । उनले लेखेकी छिन् ‘थाहा छ, यो फिल्म किन मेरो फेभरेटको लिस्टमा छ रु सुटिङका दौरान सबैले खुब मज्जा लिएका थियौँ नि ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.