भोलि जोर नम्बर प्लेटका सवारी मात्र चलाउन पाइने

काठमाडौ,२३मंसिर/चक्रपथभित्र मंगलबार जोर नम्बर प्लेट भएका सवारी साधन मात्र चल्न पाउने भएका छन्।

दक्षिण एसियाली खेलकुद ९साग०को समापनको दिन ट्राफिक व्यवस्थापन मिलाउन जोर नम्बर प्लेट भएका सवारी साधन मात्रै चल्न दिइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रवि कुमार पौडेलले जानकारी दिए।

त्यस्तै, ठूला मालवाहक सवारी साधन पनि रिङरोड प्रवेश नगराउन उनले आग्रह गरे। साग उद्घाटनको दिन अर्थात १५ गते महानगरीय ट्राफिकले बिजोर नम्बरका सवारीसाधन मात्रै चलाउन लगाएको थियो।

सागको डेलिगेसन कार्ड भएकाहरुका लागि भने यो व्यवस्था लागू हुने छैन।

Be the first to comment

Leave a Reply

Your email address will not be published.