‘हामीसँग बन्दुक छैन, शक्तिशाली आमाहरु छन्’;विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रबिक्रम चन्द विप्लवले आफूहरुसँग बन्दुक नभएको बताएका छन् ।

सोमबार नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको एमसीसीको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

आफूहरुलाई सबै जनताको साथ रहेको दाबी गर्दैै विप्लवले आफ्नो पार्टीसँग बन्दुक नभइ बन्दुक भन्दा शक्तिशाली नेपाल आमा रहेको बताए ।

‘हामीसँग बन्दुक छैन । हामीसँग नेपालका आमाहरु छन् । बन्दुक भन्दा शक्तिशाली आमा छन् ।’ विप्लवले भने ।

त्यसैगरी अमेरिकी सहयोग एमसीसीले देश विकास हुन नसक्ने बताउँदै एमसीसीमार्फत अमेरिकाले नेपालको सुरक्षा चुनौती खडा गर्न लागेको आरोप लगाएका छन् ।lokpath