सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै कायम हुन्छन् ;ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै कायम हुने बताएका छन् ।

बालकोटमा सुदूरपश्चिम प्रदेशको समस्याबारे छलफल गर्न नेताहरुसँग बसेको बैठकमा ओलीले उपाध्यक्ष भीम रावलले सहजीकरण गर्ने र भट्ट इन्चार्ज रहने जानकारी दिए ।

छलफलका क्रममा ओलीले एमालेको विवाद समाधानका लागि गठित तत्कालिन कार्यदलले सुझाएको १० बुँदे सहमति सिर्जनात्मक ढंगले कार्यान्वयन हुने बताएका थिए । तर रावलले भने दश बुँदे कार्यान्वयन पार्टीको निर्णय भएको बताएका थिए ।

गएको १० भदौको केन्द्रीय कमिटी र ८ भदौको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो । १० बुँदे अनुसार, एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा फर्कनुपर्ने रावलले अडान लिएका थिए ।

छलफल गर्न उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु भट्ट र कर्ण थापा बालकोट पुगेका थिए ।lokpath