नेताहरूबाट सिफारिस गराएका गाउँका युवाहरूको नेपाल प्रहरीको जवान पदमा नाम निकालिदिएको स्टाटस लेखेपछि…

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेताहरूबाट सिफारिस गराएका गाउँका युवाहरूको नेपाल प्रहरीको जवान पदमा नाम निकालिदिएको स्टाटस लेख्ने व्यक्त प,क्राउ परेका छन् ।

प,क्राउ पर्ने प्युठानको ऐरावती गाउँपालिका-१ का ३० वर्षीय नरेन्द्र गुरुङ रहेका छन् । उनले गृहमन्त्री बालकृष्ण खाँणको सहयोगमा प्युठानका ११ जना र देशभरबाट ४१ जनाको नाम निकाल्न सफल भएको फेसबुकमा लेखेका थिए ।

गुरुङले प्युठानबाट कांग्रेसका उपसभापति बद्री लम्सालले सिफारिस गरेको र युवाहरूलाई नाम निकाल्न गृहमन्त्री खाँणले सहयोग गरेको उल्लेख गरेका थिए । सहयोगका लागि भन्दै गृहमन्त्री खाँणलाई फेसबुकमै धन्यवाद दिएका थिए ।

प,क्राउ परेका गुरुङलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइने केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जानकारी दिए ।onlinekhabar

8 Trackbacks / Pingbacks

  1. order original tadalafil online
  2. can plaquenil be stopped abruptly
  3. will aurogra work
  4. albuterol sulfate hfa inhaler cost
  5. tadalafil 20 mg 180 pills
  6. oral dapoxetine
  7. tadalafil coupons in walmart
  8. viagra in walmart

Comments are closed.