रोनाल्डोले डेब्यू गर्ने सम्भावना;प्रिमियर लिगमा आज ८ खेल

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज शनिबार विभिन्न आठ खेल हुँदैछ ।

म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडसँग भिड्ने छ । युनाईटेडको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।

न्युकासलविरुद्ध मैदान उत्रदा क्रिस्टियानो रोनाल्डोले डेब्यू गर्ने सम्भावना रहेको छ । १२ वर्षपछि युनाईटेड फर्किएका रोनाल्डो न्युकासलविरुद्ध खेल्ने टिममा रहेका छन् ।

यस्तै, म्यानचेस्टर सिटीले घरेलु मैदानमा लेस्टर सिटीसँग भिड्ने छ । सिटी र लेस्टरबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ । चेल्सीले घरेलु मैदानमा एस्टन भिल्लासँग भिड्ने छ । दुई टोलिबीचको खेल १०:१५ बजे सुरु हुनेछ ।

यस्तै आर्सनलले घरेलु मैदानमा नर्विच सिटीसँग भिड्ने छ । टोटेनहमले क्रिस्टल प्यालेससँग भिड्ने छ ।

अन्य खेलमा वाट्फोर्डले उल्भ्स, ब्रेन्टफोर्डले ब्राइटन तथा साउथह्याम्पटनले वेस्ट ह्यामसँग भिड्ने छ ।lokpath