सुदूरपश्चिममा ५.३ रेक्टर स्केलको भू,कम्पको धक्का महसुस

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भू,कम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः१३ बजे बैतडी र दार्चुलामा धक्का महसुस गरिएको हो ।

भू,कम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको उक्त भू,कम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तर काशीक्षेत्र आसपास रहेको छ । भू,कम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।lokpath