‘म राजेश हमाल’मा हमालले नै अभिनय गर्न नमानेपछि…

काठमाडाैं । आफ्नै नाममा बन्न लागेको चलचित्र ‘म राजेश हमाल’मा नायक राजेश हमालले अभिनय नगर्ने भएका छन् । केदार भुषालले निर्माण गर्न लागेको उक्त चलचित्रमा नायक हमालले अभिनय नगर्ने भएका हुन् ।

नायक हमालकै नाम राखेर निर्माण हुन लागेको र उनलाई विशेष भूमिकामा अफर गरिएको भए पनि आफूले अर्कै चलचित्रमा साइन गरिसकेका कारण हमालले उक्त चलचित्रमा नखेल्ने बताएका हुन् । तर, चलचित्रको नाममा आफ्नो नाम राख्न भने उनले स्वीकार गरेका छन् ।

हमालले गत वर्ष नै चलचित्र ‘सत्यम्’मा काम गर्ने सम्झौता गरिसकेका छन् । यो चलचित्रको शीर्ष भूमिकामा देखिन लागेकाले पनि हमालले अन्य चलचित्रमा काम गर्न अस्वीकार गरेका हुन् ।

राजेश हमालको जीवनबाट प्रभावित चलचित्रमा नायक आर्यन सिग्देलले विशेष भूमिकामा अभिनय गर्दै छन् ।

यो चलचित्रमा संचिता लुइटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवनराज उप्रेती, संजोग रसाइली, अस्मिता लामिछानेलगायतको अभिनय रहनेछ ।lokpath