रो जगारीका लागि नेपाल आउने विदेशी कामदार बढे, कति आए?

काठमाडौं, मंसिर २३ । नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गएको छ।

श्रम ऐनमा ५ प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो।

गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष रोजगारीका लागि नेपाल आउने विदशीको संख्या १४ प्रतिशतका दरले बढेर १ हजार ४८३ पुगेको छ। यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

अघिल्लो वर्षको तथ्यांकअनुसार वैशाखदेखि असोजसम्म नेपाल आउने विदेशी कामदारको संख्या भने १ हजार ३०५ थियो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.