पूर्व प्रधानमन्त्री खनालको मिर्गौला प्रत्यारोपण सफल, केहीदिनको बेड रेस्टपछि नेपाल फर्किने

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । दिल्लीस्थित एपोलो अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण भएको हो । उनको केही समयअघि दिल्लीको एपोलो अस्पतालमा नेप्रोलोजिस्ट डाक्टर अखिल मिश्राको नेतृत्वमा उपचार भइरहेको थियो ।

बुधबार सर्जन डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले उनको मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको उनको सचिवालयले जनाएको छ ।

मिर्गौला प्रत्यारोपणपछि उनका स्वकिय सचिव कृष्ण भट्टराईले केही दिन अस्पतालमै आराम गरेर नेपाल फर्किने जानकारी दिए । अहिले उनी केही दिन अस्पतालमै आराम गर्नेछन् ।

पोष्टकोभिडपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएका खनाललाई गत असार २ गते दिल्ली लगिएको थियो । उनको मिर्गौला प्रत्यारोपण अभिवार्य भएकाले चिकित्सकले दिल्ली लैजान सुझाव दिएका थिए ।

दिल्ली लैजानुअघि खनाललाई ज्वरो र रगतमा हेमोगलोबिनको मात्रा कम देखिएपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

9 Trackbacks / Pingbacks

  1. hydroxychloroquine use in michigan
  2. ingredients in amoxicillin oral suspension
  3. lilly tadalafil samples
  4. tamoxifen and postmenopausal bleeding
  5. viagra generic cheap
  6. amoxicillin buy online india
  7. clomid for ed
  8. purchase dapoxetine bulk
  9. azithromycin resistance map

Comments are closed.