नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित, बिहीवार बस्ने

काठमाडौं । नेकपा(एमाले)को वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

बुधवारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक बिहीवार(भोली) बस्नेगरी स्थगित गरिएको एक नेताले जानकारी दिए ।
केही केन्द्रीय सदस्यहरु उपत्यका बाहीर रहेको र बुधवारको बैठकमा सहभागी हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको ति नेताले बताए ।

माधव नेपाललाई स्थायी कमिटी सदस्यहरुले पार्टी एकताको लागि दबाब दिइरहेका छन् भने केन्द्रीय सदस्यहरुले अध्यक्ष ओलीसँग कुनैपनि हालतमा सम्झौता नगर्न दबाब दिइरहेका छन् । नेता नेपाल दोस्रो र तेस्रो पुस्ताका नेताहरुको दोहोरो मारमा परेका छन् । यद्यपी आफु एकताकै पक्षमा रहेको नेता नेपालले बताउँदै आएका छन् ।

बिहीवार बस्ने केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थिति र भावि रणनीतिको सम्बन्धमा छलफल हुने जनाइएको छ ।lokpath