सीताको भूमिकामा देखिँदै छन् यी बलिउड अभिनेत्री

काठमाडौं । बलिउडमा हरेक किसिमका फिल्म देख्न सकिन्छ । एक्सन, मनोरन्जन, रोमान्टिक, लभस्टोरी, ट्रयाजिडी, आदि ।

माथि उल्लेख भएका भन्दा फरक र निकै नै चर्चित फिल्म हो राममायण । हिन्दु धर्मको पौराणिक कथा बोकेको कारण पनि रामायण निकै चर्चामा आउने गरेको छ ।

बलिउडमा पनि रामायण धेरै पटक रिलिज भएको छ । फरक–फरक कलाकारले आफ्नो फरक–फरक प्रस्तुति दिएका छन् ।

रामायण भन्नासाथ सबै जनालाई भगवान् राम र सीताको याद आउँछ । बलिउडका धेरै कलाकारले भगवान् सीताको क्यारेक्टरमा काम गरेका छन् ।

आज हामी बलिउडका त्यस्ता कलाकारको कुरा गर्दै छौँ जसले रामायणमा सीताको रुपमा काम गरेका छन् ।

आलिया भट्ट :

बलिउडकी ट्यालेन्टेड एक्ट्रेसमध्ये एक हुन् आलिया भट्ट । बाहुबलीका डाइरेक्टर एसएस राजमौलीको फिल्म ‘आर आर आर’मा आलिया भट्ट सीताको भूमिकामा देखिने भएकी छिन्।

आलिया भट्ट

फिल्ममा उनी सीताको भूमिकामा निकै राम्री देखिएका कारण निकै चर्चा कमाएकी थिइन् । फ्यानहरु उक्त फिल्मको प्रतीक्षामा छन् ।

दीपिका पादुकोण :

दीपिका पादुकोण
दीपिका पादुकोण पनि एउटा मात्र नभई दुईवटा फिल्ममा सीताको भूमिकामा देखिँदै छिन् ।निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको रामायणमा दीपिका पादुकोण सीताको रुपमा दिखिने भएकी हुन् ।

करीना कपूर खान :

करीना कपूर खान
‘सीता दी इन्कारनेसन’ फिल्ममा करीना कपूर खानको नाम आएको थियो । तर उनले सीताको रोलका लागि १२ करोड भारुको माग गरेपछि उनले सीताको रोल नगर्ने भएकी छिन् ।

कृति सेनन :

कृति सेनन
कृति सेनन पनि एक फिल्ममा सीताको रोलमा देखिने भएकी छिन् । कृति सुपरस्टार प्रभासको फिल्म आदिपुरुषमा सीताको रोल गर्न लागेकी हिुन । उक्त फिल्ममा एक्टर सैफ अली खान रावणको रोल गर्दै छन् ।lokpath