छिनछिनमा रिसाइरहने, झोक्किने र रोइरहने हुन्छन्,बच्चामा यसरी गराउनुस् शान्त स्वभावको विकास

केही बच्चाहरू छिनछिनमा रिसाइरहने, झोक्किने र रोइरहने हुन्छन् । जसले गर्दा अभिभावक हैरान भइरहन्छन् ।

बच्चाले भावना र आक्रोशमाथि नियन्त्रण गर्न नसकेको अभिभावकले प्रस्टै देख्छन् । तर यस्तो बेला के गर्ने ? धेरै अभिभावकले समाधान पहिल्याउन सक्दैनन् ।

सामान्यतया बच्चा रिसाउनु, रुनु र आक्रोशित हुनुलाई स्वाभाविक नै मानिन्छ । पछि उमेर पढ्ने गएर बच्चाहरू समझदार बन्दै जान्छन् । बच्चाले धेरै अस्वाभाविक र आक्रामक व्यवहार देखाएमा भने अभिभावकले समाधानका केही उपाय गर्न सक्छन् ।

१. आक्रोश व्यवस्थापन शैली

धेरै आक्रोशित हुँदा हुने अप्ठ्यारा र त्यसलाई न्युनीकरण गर्ने विषयमा अभिभावकले बच्चासँगै नम्रताका साथ कुरा गर्न सक्छन् । रिस आउँदा त्यसलाई बिर्सिने र अरु मन पर्ने कुरा सम्झिनमा ध्यान दिने उपायबारे अभिभावकले बच्चालाई बताउन सक्छन् ।

(२) बच्चामाथि हात नउठाउने
बच्चा रिसाएको, आक्रोशित भएको वा रोइरहेको बेला बच्चामाथि झन् अभिभावकले हात उठाउने र पिट्ने गर्नु हुँदैन । बच्चालाई पिट्दा आक्रोश झन् बढ्न सक्छ र तपाईंप्रति बच्चाको दृष्टिकोण नकारात्मक बन्नसक्छ ।

३. साझा नियम बनाउने
बच्चाको आक्रोश नियन्त्रणका लागि परिवारमा सबैले साझा नियम बनाएर लागू गर्न सक्छन् । जस्तैः आक्रोशमा नआउने, कसैप्रति केही गुनासो भए छलफल गरेर समस्या समाधान गर्ने नियम बनाएर बच्चालाई शान्त राख्न सकिन्छ । यदि कसैले नियमको उल्लंघन गरेमा उसले मन नपराउने तरकारी (जस्तैः तितेकरेला) खानुपर्ने सजाय दिने गरेमा आक्रोश निरुत्साहित हुन्छ ।

४. बच्चाको प्रशंसा गर्ने
बच्चाले राम्रो काम गर्दा प्रशंसा गर्ने गरेमा पनि आक्रोश नियन्त्रण हुँदै जान्छ । बच्चालाई राम्रो काम गर्न प्रेरित गर्ने र त्यसपछि प्रशंसा गर्ने गरेमा बच्चाको बानीमा सुधार आउनसक्छ।

५. छलफल गर्ने
घरपरिवारमा कुनै समस्या आएमा शान्त वातावरणमा छलफल गर्ने, तर्कवितर्क गर्ने र समाधानका उपाय खोज्ने गर्नुपर्छ । यसरी बच्चामा सोच्ने र समाधान खोज्ने बानीको विकास हुन्छ, आक्रोश निरुत्साहित हुँदै जान्छ । एजेन्सी

12 Trackbacks / Pingbacks

  1. tadalafil from canada pharmacy
  2. where can i purchase plaquenil
  3. where to buy hydroxychloroquine 200mg
  4. ivermectin use in the usa
  5. where to buy augmentin antibiotic
  6. hydroxychloroquine sulfate drug class
  7. amoxicillin and wine interaction
  8. doryx 100mg
  9. generic for ampicillin
  10. hydroxychloroquine price comparison
  11. tetracycline antibiotics side effects
  12. is cipro a generic

Comments are closed.