देउवा र प्रचण्डबीच मन्त्रालय बाँडफाँडबारे छलफल

प्रधानमन्त्री नियुक्त हुन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलवार सरकारमा सहभागिता लगायतका विषयमा छलफल भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवा र प्रचण्डबीच मंगलवार दिउँसो छलफल भएको हो ।

सर्वोच्च अदालतको फैसला बमोजिम देउवाले मंगलवार साँझ प्रधानमन्त्रीको शपथ लिँदैछन् । प्रधानमन्त्री नियुक्त भएलगत्तै देउवाले मंगलवारै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्दैछन्।

सरकारमा माओवादीले पाउने मन्त्रालयको हिस्साबारे २ नेताबीच छलफल भएको हो । माओवादीले मन्त्री छान्ने जिम्मा प्रचण्डलाई दिएको छ । लोकान्तर