राष्ट्रपति कार्यालयमा सपथको तयारी , शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको र साँझ ६ बजे सपथको तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले लोकपथलाई जानकारी दिएको छ ।

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको र साँझ ६ बजे सपथको तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले लोकपथलाई जानकारी दिएको छ ।

स्रोतका अनुसार केहिबेरमा आधिकारिक रुपमा राष्ट्रपति कार्यालयले त्यसबारे प्रेस रिलिज सार्वजनिक गर्नेछ ।

सोमवार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनासहित विपक्षी गठबन्धनका उम्मेद्वार देउवालाई प्रधानमन्त्री बनाउनेबारे परमादेश जारी गरेको थियो । सोही अनुसार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् ।

योसँग देउवा ५ औँ पटक प्रधानमन्त्री बनेका छन् । विशेष परिस्थितीमा प्रधानमन्त्री बनेका देउवाले अबको एक महिनामा विश्वासको मत लिनुपर्ने हुन्छ ।