प्रतिनिधि सभा विघटन मुद्दामा फैसला आज आउन सक्ने

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको मुद्दामा आज अन्तिम टुंगो लगाउँदैछ ।

जेठ ७ गते राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा विपक्षी गठबन्धनको तर्फबाट दाबी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको निवेदनलाई खारेज गर्दै प्रतिनिधि सभा विघटन गरेपछि विपक्षी गठबन्धन सर्वोच्च अदालत गएको थियो ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाईनुपर्ने तथा प्रतिनिधि सभा पुर्नस्थापना गर्नुपर्ने माग सहित नेपाली कांग्रेस, नेकपा९माओवादी केन्द्र०, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समुह र जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादव समुहका १ सय ४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए ।

विघटनको बिरुद्धमा ३० वटा रिट दर्ता भएको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटन बिरुद्धको रिटमा असार २१ मा सुनुवाई सकिएको थियो । अदालती प्रक्रिया सबै सकिएका कारण सोमवार फैसला आउन सक्ने सम्भावना छ ।

आगामी राजनीतिले सर्वोच्च अदालतको फैसला पछि नै बाटो तय गर्ने भएकाले सर्वोच्चको फैसला कस्तो आउला भन्ने आम चासो र प्रतिक्षाको विषय बनेको छ ।lokpath