एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल पक्षको उपस्थिती रहला ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

आइतवार राति एमाले एकताका लागि कार्यदलले १० बुँदे सहमती गरेसँगै बैठक बोलाइएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

पार्टीलाई पूर्ववत रुपमा फर्किएको भन्दै एमालेको सबै पक्षलाई समेटेर बैठक बोलाइएपनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने उपस्थित नहुने बताइएको छ ।

नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक बसेर १० बुँदे सहमती गरेर मात्रै सहमती गर्ने बताएकी छिन् ।lokpath