नेपालपछि देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटन उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।

शनिवार दिउँसो माधव नेपालसँग भेटवार्ता गरेपछि प्रचण्ड देउवालाई भेटन बूढानीलकण्ठ पुगेका हुन् ।

प्रचण्ड र देउवाबीच दिउसो सवा तिन बजेदेखि छलफल भएको हो ।

नेकपा एमाले विवाद सहमति उन्मुख भएको बेला देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो ।

प्रचण्डसँगको भेटमा नेता नेपालले सर्वोच्च अदालतको मुद्दा प्रभावित हुनेगरी सर्वोच्च अदालतमा पेश गरिएका हस्ताक्षर फिर्ता नगर्ने बताएका छन् । लोकान्तर