काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचित भएको दुई महिनाभित्र गठन गर्नुपर्ने केन्द्रीय विभाग कार्यकाल सकिन तीन महिना बाँकी छँदा गठन गर्ने तयारी गरेका छन्।
देउवाले मंसिर २६ गतेको केन्द्रीय कार्यसमिति बैठकअघि नै केन्द्रीय विभाग गठन, समितिहरूलाई पूर्णता र भ्रातृसंस्थाहरूको अधिवेशन टुंगो लगाउन लागेका हुन्।
देउवाको चारवर्षे कार्यकाल फागुन मसान्तबाट सकिँदै गरेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने चौधौं महाधिवेशनको तयारी गर्नुपर्ने बेला विभाग गठनतिर लागेको भन्दै असन्तुष्टि जनाएका छन्।
देउवाले उनीहरूसँग सहमति जुटाउन उपसभापति विमलेन्द्र निधिलाई खटाएका छन् । नियमित समयमा महाधिवेशन गर्न नसकिने र विधानअनुसार कार्यकाल एक वर्ष बढाउने करिब निश्चित भएकाले सहमति नजुटे पनि पार्टीका निकायहरूलाई पूर्णता दिने देउवाको तयारी छ।
निधिले शनिबार वरिष्ठ नेता पौडेलसँग यस विषयमा छलफल गरेका थिए । पौडेलनिवास बोहराटारमै पुगेर निधिले सभापति देउवाको प्रस्ताव सुनाएका थिए । पौडेलले पनि आफूले यसअघि प्रस्तुत गरेको ९ बुँदे प्रस्ताव स्मरण गराएका थिए।
देउवाले संगठन, विदेश, जनसम्पर्क र प्रचार विभागसहित बहुमत आफूले राखेर अन्य विभाग रोज्न पौडेललाई निधिमार्फत प्रस्ताव गरेका छन् । त्यस्तै नेविसंघ र तरुण दलमा सभापतिसहित बहुमत सदस्य लिने देउवाको प्रस्ताव थियो।
संघमा सभापतिसहित पदाधिकारीमा तीन महामन्त्री राख्ने र तीमध्ये संस्थापन, पौडेल र सिटौला पक्षले एक–एक महामन्त्री लिनेबारे समेत छलफल भएको थियो । निधिले विभाग, नेविसंघ र तरुण दलमा राख्ने व्यक्तिहरूको नामावलीसमेत पौडेलसँग मागेका थिए।
पौडेलले नेविसंघ र तरुण दलमध्ये एउटाको नेतृत्व आफ्नो पक्षलाई दिनुपर्ने तथा संगठन, विदेश, जनसम्पर्क र प्रचार विभागमध्ये दुईवटा आफ्नो पक्षले पाउनुपर्ने माग गरेका थिए । तर पौडेलको प्रस्ताव मान्न देउवा तयार छैनन्।
सुरुमा विभाग गठन गर्नै नहुने पक्षमा रहेका पौडेलले पछि ६०–४० को भागबण्डा गर्नुपर्ने बताएका थिए । पूर्वमहामन्त्री सिटौला पक्षलाई ६० प्रतिशत हिस्साबाटै समावेश गर्नुपर्ने उनको प्रस्ताव छ।
‘पौडेलजीको प्रस्ताव मान्न सभापतिजी तयार हुनुहुन्छ, उहाँले (पौडेलले) उठाएका कतिपय विषय केन्द्रीय कार्यसमितिबाट निर्णयसमेत भइसकेका छन्,’ निधिले भने, सहमतिबाटै पार्टी अघि बढ्ने कुरामा आशावादी छु।’
tadalafil liquid – tadalafil 10mg tadalafil dosage
propecia webmd – propecia coupon avodart vs propecia
finasteride mechanism of action – does propecia work is propecia dangerous
tadalafil coupon – http://xtadalafilp.com/ generic tadalafil
Ojdnws – http://virviaga.com/ viagra viagra
Xnpvnj – Generic viagra usa best generic viagra
viagra without a doctor prescription usa п»їviagra pills
viagra from india
buy ed pills from canada order ed pills
cheap ed pills in mexico
cheap ed pills from india reasons for ed
erectyle dysfunction
Jjmasz – modafinil reviews Riinva ujodox
cheap ed pills ed pills online
ed pills without a doctor prescription
Eqbvlx – tadalafil Qunpaw refroc
Odqlfy – lasix uses Yqylpp dqecak