खाद्यान्न सं,कटले;उत्तर कोरियामा ५ हजार रुपैयाँमा एक किलो केरा

उत्तर कोरियमा खाद्यान्न संकट छाएको छ ।
खानेकुराको मूल्य आकासिँदा त्यहाँका नेता किम जोङ उनले पनि परिस्थिति चिन्ताजनक रहेको बताएका छन् ।

किमले भने, ‘खाद्यान्न अभावको स्थिति छ किनकि पोहोर साल कृषि क्षेत्रमा आँधीबाट क्षति पुगेपछि अनाज उत्पादन योजना सफल हुन सकेको छैन ।’

राजधानी प्योङयाङमा केरा पाँच हजार रुपैयाँ प्रतिकिलोमा बिकिरहेको छ । कालो चियाको प्याकेट ८ हजार अनि कफीको प्याकेट १२ हजार रुपैयाँमा बिकेको छ ।

संयुक्त राष्ट्रसंघको फूड यान्ड एग्रीकल्चरल अर्गनाइजेसनको एक प्रतिवेदन अनुसार, उत्तर कोरियामा ८ लाख ६० हजार टन खाद्यान्नको अभाव छ ।

किमले खाद्यान्न संकटबाट छिटो मुक्ति दिलाउनका लागि पार्टीलाई निर्देशन दिएका छन् । कोरोनाभाइरसका कारण देशका सबै सीमा बन्द भएकाले पनि स्थिति थप बिग्रेको छ ।
एजेन्सी

3 Trackbacks / Pingbacks

  1. generic priligy no doctor's prescription
  2. hydroxychloroquine lupus medication
  3. is hydroxychloroquine expensive

Comments are closed.