पूर्व प्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार

काठमाडौं । दिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहेको पूर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

स्वास्थ्य अवस्था थप जटिल भएपछि गत असार २ गते बुधवार नेता खनाललाई दिल्ली लगिएको थियो ।

अहिले नेता खनालमा ज्व,रो, टाउको दुख्ने र खोकीको समस्या हटिसकेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
साथै अहिले नेता खनालाई अक्सिजनको सपोर्ट पनि हटाइसकिएको छ ।

‘अहिले भरखरै मेरो Apollo Hospital Delhi मा पूर्व प्रधानमंत्री झलनाथ खनालज्यु संग प्रत्यक्ष फेस टु फेस भिडियोमा कुराकानी भयो। वहॉंको स्वास्थ्यमा उल्लेख्य सुधार भैरहेको छ। ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ।Oxygen Support पनि हटाइएको छ।’ उनले भने ।

त्यसैगरी उनको उपचारको लागि केहि समय भने लाग्ने भट्टराईले जानकारी दिए । उनले भने-‘थप स्वास्थ्य उपचारको क्रममा केहि समय भने लाग्नेछ।’lokpath