कांग्रेस, कम्युनिष्ट र समाजवादी पार्टी रूपान्तरण गरौं,;बाबुरामको प्रस्ताव

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको संकटको प्रमुख कारण रहेको बताएका छन् ।

आइतवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले कांग्रेस, कम्युनिष्ट र समाजवादी रूपान्तरण हुनुपर्ने समेत बताएका छन्।

उनले समस्या एकातिर तर समाधान अर्कोतिर खोज्न नहुने भन्दै पार्टीहरूलाई नयाँ बनाउन आँट गर्नुपर्ने बताएका छन्।

‘भनिन्छ- टाउकाको ओखती नाइटामा लगाएर हुन्न! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,’ भट्टराईले भनेका छन्, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु!’

उनले पार्टीहरू रूपान्तरण हुनुपर्ने बताए। ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है,’ उनले भनेका छन्।लोकान्तर

1 Trackback / Pingback

  1. plaquenil 50 mg

Comments are closed.