भारतले चीनसँगको तनावका बीच सीमामा धमाधम सडक, पुल र सुरुङ बनाउँदै

चीनसँग सीमामा तनावको स्थिति बढ्दै जाँदा भारतले विगत एक वर्षमा द्रुत गतिमा सीमाक्षेत्रमा सडक, सुरुङ र पुलहरू बनाइरहेको छ ।

सैनिक र ह,तियार प्रणालीलाई अग्रवर्ती क्षेत्रमा छिटो पुग्नका लागि यी निर्माणकार्यले सहयोग गर्ने अपेक्षा छ ।

सीमा संरचनाका सवालमा भारत अहिले पनि चीनभन्दा निकै पछि छ तर दूरी घटाउनका लागि सबै किसिमका प्रयास गरिएको भारतीय अधिकारीहरू बताउँछन् । सीमामा ५० देखि ६० हजार सैनिकहरू तैनाथ गरिएका छन् ।

चीनले हट स्प्रिङ्स, गोगरा र देमचोकमा सेना फिर्ता लैजाने डिसइंगेजमेन्ट प्रक्रिया पूरा गर्न मानेको छैन । रणनीतिक रूपमा महत्त्वपूर्ण देप्साङ समथर भूमिमा भारतीय सैनिकलाई गश्ती गर्न पनि चीनले रोकिरहेको छ ।

उसले वास्तविक नियन्त्रण रेखा नजिक सडक, सैनिकहरू बस्ने स्थान, हेलिप्याड, जमीनबाट आकाशमा मार हान्ने पोजिसन लगायत बनाइरहेको छ ।

भारतले पनि संरचना निर्माणमा जोड दिइरहेको छ । बोर्डर रोड अर्गनाइजेसनले १२ किलोमिटर सडक निर्माण कार्य र २८ सय ५० किलोमिटर कालोपत्रेको काम विगत एक वर्षमा गरेको छ ।एजेन्सी

5 Trackbacks / Pingbacks

  1. priligy rx coupon
  2. is there a generic inhaler
  3. hydroxychloroquine 900mg
  4. hydroxychloroquine stock price
  5. hydroxychloroquine side effects

Comments are closed.