वामदेव गौतम र विष्णु पौडेलबीच भेटघाट

काठमाडौं । नेकपा एमाले भित्रको पार्टी विवाद उत्कर्षमा पुगेका बेला उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र उपाध्यक्ष वामदेव गौतमबीच भेटघाट भएको छ ।

आज बिहान गौतम निवासमा पौडेल र गौतमबीच भएको भेटघाटमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको स्रोतले जनाएको छ ।

भेटघाटका क्रममा पौडेल र गौतमबीच पार्टी विवाद र एकतामा देखिएका विविध समस्याहरुको बारेमा समेत छलफल भएको हो ।

सर्वोच्च अदालतको पछिल्लो निर्णय अनुसार एमालेको १० औँ महाधिवेशन आयोग कमिटीका नाममा गरिएको कारवाहीहरु अमान्य भएका छन् ।

त्यससँगै अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग रुष्टिएका नेपाल(खनाल पक्षको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको । नेपाल(खनाल पक्षले २०७५ जेठ २ को अवस्थामा पार्टी फकाउनुपर्ने अडान कायमै राखिरहेका छन् ।

त्यसबारेमा ओली पक्षले आफू निकटका नेताहरु छलफल गरिरहेका छन् । त्यसै अनुसार आजको भेटघाटलाई महत्वपूर्ण मानिएको छ ।

1 Trackback / Pingback

  1. plaquenil headache

Comments are closed.