पछिल्लो २४ घन्टामा ३ हजार ३८४ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१४ हजार ४९४ पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पाइएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म मुलुकभर ६ लाख २६ हजार ५३५ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये हालसम्म ५ लाख २७ हजार १११ जना संक्रमित निको भइसकेका छन् ।

शनिवार मात्रै ६ हजार २९५ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

यस दिन ६१ संक्रमितको मृ,त्यु, भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ३६६ पुगेको छ ।लोकान्तर