शेयर बजारमा झिनो अंकको गिरावट

काठमाडौं । साताको दोस्रो दिन सोमवार शेयर बजारमा झिनो गिरावट आएको छ । केही दिन लगातार रुपमा बढेको बजारमा आज गिरावट आएको हो ।

सोमवार नेप्से परिसूचक ०.२१ अंकले गिरावट आई २९०६.७० अंकमा कारोवार बन्द भएको छ । आइतवार शेयर बजार ५०.१४ अंकले बढेर २९०६.९१ अंकमा कारोबार बन्द भएको थियो ।

सोमवार २२१ कम्पनीको १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, यस दिन ३ करोड ५४ लाख ७४ हजार कित्ता सेयर १ लाख ५१ हजार पटक किनबेच भएको छ । यस दिन १ लाख ५१ हजार पटक किनबेच भएको छ ।