एमालेमा ‘सु,कु,ल,गु,,ण्डा’ समूह त खडा भएको छैन ?भुसालको प्रश्न

नेकपा एमालेका नेता घनश्याम भुसालले आफ्नाविरुद्ध अनर्गल प्रचार शुरू भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेता भुसालले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रूपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रूपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको बताए ।

‘फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरू भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ,’ उनले लेखेका छन् ।

नेता भुसालले अगाडि लेखेका छन्, ‘पञ्चायतकालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रूपमा स्थापित भयो । पञ्चायत धरासायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन ।

त्यसबेलाका कतिपय पञ्चहरू नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु ।

आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ? धेरैजसो सपेराहरू सर्पबाटै टोकिएका छन् ।’लोकान्तर