थप ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ ।

१० हजार ४ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार २४ जना तथा ३ हजार २ सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्ले २४ घण्टामा थप ६ हजार ६ सय ३६ जना कोरोना संकम्रमण मुक्त भएका छन् ।

पछिल्ले २४ घण्टामा कोरोनाबाट थप ९९ जनाको मृ,त्यु भएको छ ।