प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ आइतबार हुँदैछ ।

संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरू इजलासबाट अलग भएको जानकारी गराएपछि सुनुवाइ स्थगित गरेर आजको लागि तोकिएको थियो ।

सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज नयाँ इजलास गठन गर्ने बुझिएको छ ।

जेठ ८ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको हो ।लोकान्तर